Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

खुल्यो कुलेखानी–फाखेल सडक ६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक

Reporter

आगामी २७ मंसिरदेखि काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक ठाउँमा सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरिने भएको छ। मंगलबार स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गर्दै १५ दिनपछि यो व्यवस्था लागू हुने जनाइएको छ।

सूचनामा सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, विँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सूर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने उल्लेख गर्दै कसैले बिक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्ने बताइएको छ।

साथै, यस्ता वस्तुको बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय दिइने पनि महानगरले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको