Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

खुल्यो कुलेखानी–फाखेल सडक ६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

शंकर घिमिरेको‘तेल भिसा’मा विपिन र वर्षा

Reporter

शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘तेल भिसा’ले कलाकारको अन्तिम टुंगो लगाएको छ। कलाकारसँगै रिलिजको मिति समेत घोषणा गरिएको छ।

नेपालसहित डायस्पोरामा आगामी वर्ष भदौ २८ गते एकसाथ रिलिज हुने फिल्ममा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको प्रमुख भूमिका रहने बताइएको छ।

विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईं फिल्मको निर्माता हुन्। सेभेन सिज इन्टरटेनमेन्ट र वेल डन क्रियसनको संयुक्त निर्माण रहेको फिल्म चैतको दोस्रो साताबाट फ्लोरमा जानेछ।

‘तेल भिसा’ले डायस्पोरामा नेपाली जाने र त्यतै स्थापित हुने क्रमको नेपाली समाजको बदलिँदो स्थितिलाई आफ्नो कथावस्तु बनाएको छ। सुसन प्रजापतिले खिच्ने सिनेमालाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको