Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

खुल्यो कुलेखानी–फाखेल सडक ६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

बालेन लेख्छ​न सामाजिक स​ञ्जाल मा ‘मिसन ८४’

Reporter

२०८४ सालमा हुने संसदीय निर्वाचनलाई धेरैले ‘मिसन ८४’ को संज्ञा दिँदै तयारीमा जुटेका छन्। यसका लागी विभिन्न दलहरू आ–आफ्नो तयारीमा जुटेका छन्। नेकपा एमालेले ‘मिसन ८४’ का लागि आजै झुलाघाटबाट सङ्कल्प यात्रा सुरु गर्दैछ।त्यसैगरी चर्चामा रहेको अर्को रवि लामिछानेको पार्टी रास्वपाले त ‘मिसन ८४’ लाईनै मुख्य एजेन्डा बनाएको छ। उसले ८४ को चुनावमा बहुमत ल्याउने दाबी गर्दै आएको छ। यही सिलसिलामा पहाडदेखि मधेशसम्मका मतदाता रिझाउन विभिन्न कार्यक्रमहरू गरिरहेको छ।  यसै मेसोमा काठमाडौँ महानगरका मेयर बालेन शाहले ‘मिसन ८४’ मा केन्द्रित भएर बुधवार राति फेसबुकमा सार्वजनिक गरेको ‘स्ट्याटस’ भाइरल बनेको छ। उनको स्ट्याटसको प्रतिक्रियामा धेरैले बालेन शाह नै ‘मिसन ८४’ को वास्तविक विजेता बन्ने दाबी गरेका छन्। उनले फेसबुकमा लेखेका छन् :

 

‘देश बन्छ ,

तिमीहरूको ८४ ले बन्दैन,

तिमीहरूको ८४ सक्किएर बन्छ।

तिमीहरूलाई सक्काएर बन्छ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको