Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

खुल्यो कुलेखानी–फाखेल सडक ६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

सुनको भाउ आज स्थिर

Reporter

लगातार नयाँ रेकर्ड बनाएको सुनको मूल्य बिहिवार भने स्थिर रहेको छ। नेपाली बजारमा तीन दिन देखि नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज भने स्थिर रहको हो।

अघिल्लो दिनको तुलनामा बुधबार प्रतितोला एक हजार छ सय रूपैयाँले बढेर सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।

बुधबार प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँमा कारोबार भएको सुन आज (बिहिवार) पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहिवार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १५ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको