Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

‘लभ पर्‍या छ’ मा नायक तेज गिरी (भिडियो) एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट

महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्छ : आरजु राणा

Reporter

नेपाली कांग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति डा. आरजु राणा देउवाले पार्टीको महासमिति बैठकमा पार्टीमा महिला पदाधिकारीको बारेमा आवाज उठाउने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित नेपालको राजनीतिमा महिला नेतृत्वकर्ताहरुको रुपान्तरित नेतृत्व परियोजना विषयक गोष्ठीमा बोल्दै सभापति राणाले यस्तो बताउनुभएको हो । उहाँले महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्ने कुरा आफूहरुले केन्द्रिय समितिमा राखिसकेको र पार्टीका आसन्न महासमिति बैठकमा पनि राख्ने बताउनुभयो ।

सभापति राणाले पार्टीको पदाधिकारीमा सहमहामन्त्रीमा पदमा एकजना मात्रै महिला राखेको र उपसभापति, महामन्त्रीमा नराखिएकोप्रति असन्तुष्टि जनाउनुभयो । उहाँले पार्टीका विभागहरुमा महिलालाई ३३ प्रतिशत अधिकार र नेतृत्व नदिइएकोप्रति पनि असन्तुष्टि जनाउनुभयो । उहाँले आफूहरु पार्टीका विभागहरु भोट हाल्न मात्रै बसेको हो ? भन्दै प्रश्न गर्नुभयो । सभापति राणाले संविधान नै संशोधन गरेर भएपनि ३३ प्रतिशत महिलाको अधिकार हरेक ठाउँमा दिनुपर्ने बताउनुभयो । उहाँले ३३ प्रतिशत महिलाको अधिकारबाट प्रत्यक्ष चुनाव लड्ने ठाउँ अब बनाउनैपर्ने बताउनुभयो । सांसद राणाले सबै ठाउँमा महिला–महिलाबीच प्रतिष्पर्धा गर्ने स्थान हुनुपर्ने बताउनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको