Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

खुल्यो कुलेखानी–फाखेल सडक ६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

३१ यात्रु छुटेको विषयमा नेपाल एयरलाइन्सले क्षमा माग्यो

Reporter

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले टिकट काटिसकेका ३१ जना यात्रुलाई छाेडेर दुबई उडेको विषयमा क्षमा मागेको छ । यसबारे आन्तरिक छानबिन गरी कारबाही गर्न निगमका वाणिज्य विभाग प्रमुखलाई निर्देशन समेत दिएको छ ।बिहीबार दिउँसो नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले विज्ञप्ति निकालेर यात्रुहरुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै ती सबै यात्रुहरुलाई वैकल्पिक उडानबाट गन्तव्यमा पुर्याउने प्रबन्ध मिलाइएको जनाएका छन् । नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ जहाजले बुधबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा सोही उडानमा टिकट काटेका ३१ जना यात्रुलाई काठमाडौंमै छाडेको थियो । ती यात्रुहरुलाई होटलमा लगेर राखिएको थियो ।

 

साथै यस्ता घटना फेरि दोहोरिन नदिन र आन्तरिक छानबिन गरी कारबाही गर्न निगमका अध्यक्ष युवराज अधिकारीले वाणिज्य विभाग प्रमुखलाई विशेष निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ । नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ को फ्लाइट बुधबार राति साढे ११ बजे उड्ने भनिएको थियो । तर जहाज दुई घण्टा अघि (साढे ९ बजे) नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई उडेको थियो । उडान समय अघि सरेको पूर्वजानकारी नपाउँदा ३१ जना यात्रुहरु छुटेर जान पाएका थिएनन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको