Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

खुल्यो कुलेखानी–फाखेल सडक ६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

काठमाडौंमा धुमपान तथा सुर्तीजन्य पदार्थ पूर्ण प्रतिबन्ध

Reporter

काठमाडौँ । धुम्रपान तथा सुर्तीजन्यवस्तुको प्रयोग तथा बिक्री–वितरणमा कडाइ गर्दै सरकारले धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी विभिन्न ऐनहरु ल्याएको वर्षौ भइसक्यो । तर व्यावहारिक रुपमा ऐन कार्यान्वयनमा नै आउन नसकिरहेका बेला काठमाडौं महानगरपालिकाले ध्रमपान तथा सुर्ती प्रयोगमै पूर्ण रुपमा रोक लगाउने जनाएको छ । मंसिर २७ गतेबाट पूर्ण रुपमा निषेध गरिने यो निर्णय कार्यान्वयन होला त ?

 

धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोग लाग्नुका साथै वातावरण पनि प्रदूषित भइरहेको छ । स्वास्थ्यलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाउनदेखि महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूम्रपान गर्न पनि निषेध गर्ने निर्णय गरेको छ । काठमाडौं महानगर भित्रका शिक्षण संस्था, विमानस्थल, बालकल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयसहितका सार्वजनिक स्थलमा धूम्रपान, चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका सुर्तीजन्य पदार्थ मंसिर २७ गतेबाट पूर्ण निषेध हुनेछ । कसैले अवज्ञा गरेर बिक्री वितरण गरेको पाइए महानगर प्रहरीमार्फत जफत गरी कानुनअनुसार अधिकतम सजाय गरिने महानगरको चेतावनी छ ।

 

 

 

 

नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको सरकारको तथ्यांकमा उल्लेख छ भने विश्व स्वास्थ्य सङ्गठनद्वारा गरिएको नसर्ने रोगको सर्वेक्षण अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ । तीमध्ये ७० लाखभन्दा बढीको मृत्यु प्रत्यक्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको छ । धूमपान नगर्ने तर अन्य व्यक्तिले गरेको धूमपानबाट उत्पन्न धुवाँका कारण करिब १२ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ । सूर्तिजन्य पदार्थको सेवनले राज्यको करोडौँ रकम खर्च भइरहेको अवस्थासमेतलाई दृष्टिगत गरी महानगरले गरेको निर्णयको सर्वसाधारणले खुलेर स्वागत गरेका छन् ।

 

 

 

 

तर काठमाडौं महानगरले भने जस्तो अबको १५ दिनमा नै निर्णय कार्यान्वयन हुनेमा आशंका कायमै छ । काठमाडौं महानगर भित्र बिक्रिमा प्रतिबन्ध लगाए पनि छिमेकी पालिकाहरुले समेत यो निर्णय गरेका छैनन् । यसअघि २०७३ मा मन्त्री परिषद् बैठकले चुरोटका साथै अन्य सुर्तीजन्य पदार्थ बेच्न सरकारको स्वीकृति लिनु पर्ने निर्णय गरेको थियो । तर किराना पसल, पान पसल तथा बाटोमा राखिने नाङलो पसलमा समेत सुर्तीजन्य पदार्थ बिक्री वितरण भइरहेको अहिले पनि छयाप्छयाप्ती भेट्न सकिन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको