Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

खुल्यो कुलेखानी–फाखेल सडक ६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा बहस सकियो, शुक्रबार फैसला

Reporter

नक्कली भुटानी शरणार्थी प्रकरणमामाथि पाटन उच्च अदालतमा बहसको क्रम टुंगिएको छ । न्यायाधीशद्धय जनक पाण्डे र प्रकाश खरेलको ईजलासमा मंसीर ५ गतेबाट निरन्तर सुनुवाई भईरहेकोमा बिहीबार दुवै पक्षको बहस टुंगिएको हो ।

 

बहस टुंगिएपछि उक्त मुद्दालाई बिहीबार हेर्दाहेर्दैमा राखिएको छ । उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले भोलि आदेश फैसला आउने जानकारी दिनुभएको छ । गत असार १ गते काठमाडौं जिल्ला अदालतले अभियुक्तहरुलाई तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण र सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे थुनामा रहेका छन् । यस्तै, शरणार्थी प्रकरणका विचौलियाहरु सानु भण्डारी, केशव दुलाल, आङटावा शेर्पा, डा. ईन्द्रजीत राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ लगायत पनि थुनामा रहेका छन् । उनीहरुले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको अभियोग उनीहरुमाथि लागेको छ ।

 

सरकारले उनीहरु विरुद्ध ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा चलाएको अघि बढाएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको