Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

खुल्यो कुलेखानी–फाखेल सडक ६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

नेपालमा लगानी गर्न यूएईका व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह

Reporter

संयुक्त अरब इमिरेट्स (यूएई) पुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न यूएईका उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन ‘कोप–२८’ मा सहभागी हुन युएई पुग्नुभएका प्रधानमन्त्री दाहालले त्यहाँका लगानीकर्तासँग नेपालमा पूँजी परिचालन गर्न आग्रह गर्नुभएको हो ।

युएईको राजधानी अवुधाबीमा नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै दाहालले नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गर्नुभएको हो । दुबइ उद्योग वाणिज्य संघसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी गराउनुभएको थियो । युएइका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएइ र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकार्य तथा साझेदारी अपरिहार्य भएको बताउनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको