Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित पक्राउ परेकालाई रिहा नगरे सबै बैंकरले पेन डाउन गर्ने खुल्यो कुलेखानी–फाखेल सडक ६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा

जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु

Reporter

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुवात गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो ।

रुकुम पश्चिममा मंगलबारदेखि नै यो प्रक्रिया सुरु भएर स्थानीय तहले लाभग्राहीलाई रकम वितरणसमेत सुरु गरिसकेका छन् । शिवालयमा तीन हजार तीन सय नौ लाभग्राहीलाई पहिलो किस्ता पठाइएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका लेखापाल एकराज उपाध्यायले जानकारी दिए । उनका अनुसार प्रतिलाभग्राही २५ हजारका दरले रु आठ करोड २७ लाख २५ हजार पठाइएको छ । पालिकाले भने लाभग्राहीको विवरण पुनः पहिचान गरी रकम वितरण गर्ने जनाएको छ । शुक्रबारदेखि नै यो प्रक्रिया थालिने पालिका अध्यक्ष शेरबहादुर शाहीले बताए । ‘वडाबाट आएको विवरणलाई प्रशासनमा पठाएका छौँ, यीमध्ये पनि कसैका दुईवटा घर हुनसक्छ, कोही लाभग्राही सूचीमै नपरेका पनि हुनसक्छन्’, उनले भने , ‘त्यसैले फेरि फारम भर्न लगाएर वास्तविक पीडितलाई अनुदान दिन्छौँ, यसका लागि दुई-तीन दिन लाग्न सक्छ ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको