Logo
06 Oct 2024    २० आश्विन २०८१, आईतवार

ताजा खबर

मेयर बालेन र कतारका राजदूत अन्सारीबीच शिष्टाचार भेट स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता दाउन्नेको सडक दुईतर्फी खुल्यो प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त पूर्वराजा शाह चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्किए बाढीपहिरोमा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु

स्वीकृति नै नलिई एनसेलको शेयर बिक्री

Reporter

आजियटा समूहलाई अनूमति बिना एनसेलको शेयर बिक्री नगर्न दूरसञ्चार प्राधिकरणले पत्र पठाएकै दिन एनसेलले ८० प्रतिशत शेयर बेचेको पाइएको छ । मंसिर १३ गते मलेसियाको आजियटा कम्पनीले एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय सार्वजनिक गरेको थियो । आजियटाको घोषणापछि शुक्रबार मात्र दूरसञ्चार प्राधिकरणले उसलाई अनुमति लिएर मात्रै कारोबार गर्न पत्र काटेको थियो ।

तर, आजियाटा समूहले बेलायतको स्‍पेक्ट्रलाइट कम्पनीलाई एनसेलको ८० प्रतिशत शेयर बेचेको छ । स्‍पेक्ट्रलाइटले एनसेलको ८० प्रतिशत खरिद गरेको घोषणा गर्न पाउनु खुसीको कुरा भएको बताएको छ । स्‍पेक्ट्रलाइटसँग एनसेलको २० प्रतिशत शेयर यसअघि नै रहेको थियो । योसँगै एनसेलको स्वामित्व स्‍पेक्ट्रलाइटमा हुने भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको