Logo
03 Dec 2024    १८ मंसिर २०८१, मंगलवार

ताजा खबर

उपराष्ट्रपति यादवसंग कतारका राजदूतको शिष्टाचार भेटवार्ता प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता विराटनगरविरुद्ध सुदूरपश्चिमको शानदार जित साढे दुई लाख महिलाको पाठेघर मुखको क्यान्सर परीक्षण गरिने एनपीएलको बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ नेपाल र चीनबिच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

दोलखा सुन तस्करी प्रकरणमा ९ जना पुर्पक्षका लागि थुनामा, ३ जना धरौटीमा रिहा

Reporter

दोलखामा बरामद ११ किलो सुन तस्करी प्रकरणका ९ अभियुक्तलाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले शुक्रबार ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। तीन जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिइएको छ। दावा भन्ने आकार लामा, टासी भन्ने गेङ्रु, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ, च्याङ्बा भन्ने चस्मान तामाङ, सनद प्रधान, लालबहादुर तामाङ, केशर तामाङ र माधव कुमार मगरलाई थुनामा राख्न अदालतले आदेश दिएको छ।

 

यस्तै घटनामा संलग्न आरोप लागेका महिमा माझीबाट १ करोड ७९ लाख ४० हजार रुपैयाँ, दीपेन्द्रराज शाक्यबाट ९३ लाख ५० हजार रुपैयाँ र तिलक विकबाट ८८ लाख रुपैयाँ धरौटी लिन जिल्ला अदालत दोलखाले आदेश दिएको छ।  प्रहरीले दोलखाको बिगु गाउँपालिका–१ लमाबगरबाट ४ किलो, जामुने भन्ने ठाउँबाट ३ किलो र लामाबगरबाट ४ किलो गरी ११ किलो सुन बरामद गरेको थियो। सुन तस्करी प्रकरणमा प्रहरीले अनुसन्धान गरी २६ जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो। अनुसन्धानका क्रममा तस्करहरूले चिनियाँ नागरिकसँग मिलेर चीनबाट दोलखाको बाटो हुँदै सुन तस्करी गरेको पत्ता लागेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको