Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

गाजामा मृत्यु हुनेको सङ्ख्या पन्ध्र हजार नाघ्यो

Reporter

गत अक्टोबर ७ देखि हालसम्म गाजापट्टीमा इजराइली हमलामा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या १५ हजार पाँच सय २३ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता असरफ अल–किद्राले पत्रकार सम्मेलनमा स्वास्थ्य सेवाहरू प्रभावित हुँदा प्यालेस्टिनी परिसरमा घाइते मानिसको सङ्ख्या ४१ हजारभन्दा बढी भएको जानकारी दिए । उनका अनुसार उत्तरी गाजाका अस्पताल आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न असमर्थ भएकाले सयौँ घाइतेको उपचार अत्यन्त सीमित चिकित्सा उपकरणबाट जमिनमा भइरहेको छ । उनले गाजापट्टीका सबै अस्पतालमा चिकित्सा र शय्या क्षमताभन्दा बढी सेवा प्रवाह गर्नुपर्ने बाध्यताले गम्भीर रोगहरूको उपचार गर्न संसाधनको कमी रहेको बताए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको