Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

‘लभ पर्‍या छ’ मा नायक तेज गिरी (भिडियो) एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट

आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता: एनसेल

Reporter

एनसेलको सेयर बिक्री गर्दा आजियाटाले नेपालको कानुन उलङ्घन गरेको हुने आशङ्का गरिरहको अवस्थामा एनसेल आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता जनाएको छ।  आजियाटाको सेयर पेट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको विषयमा गम्भीर प्रश्न उठे पछि नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई सोधेको प्रश्नमा एनसेल कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्यपालन गर्न कटिबद्ध भएको जवाफ पठाएको छ।  कारोबारको विषयमा प्रश्न उठेपछि अर्थ समितिले बुधवार आयोजना गरेको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलले पठाएको जवाफबारे जानकारी गराएका हुन्। खरिद मूल्य भन्दा निकै कम मूल्यमा आजियाटाले एनसेलको सेयर बिक्री गरेको सार्वजनिक गरे पछि प्राधिकरणले मङ्सिर १५ गते एनसेललाई सेयर किनबेच अघि स्वीकृति लिन निर्देशन दिँदै पत्र लेखेको थियो।

नेपाल दूरसञ्चार प्राधिकरण अनुमति पत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री विनयामवली २०७६ को विनियम ५ मा उल्लेखित कागजात सङ्कलन हुनासाथ तत्काल सो कागजातहरू सङ्कलन गरी दूरसञ्चार नियमावलीको २०५४ को नियम १५.१ (ट) र नेपाल दूरसञ्चार प्राधिकरणको सेयर खरिद बिक्री विनियामली २०७६ को विनियम ४ अनुसार त्यहाँ प्राधिकरणसमक्ष सेयर खरिद बिक्री स्वीकृतिका लागि निवेदन पेस गर्ने समेत जानकारी गराएको छ। एनसेलको सेयर बिक्रीको विषयमा छानबिन गर्ने सरकारको तयारी छ । एनसेलले पठाएको जवाफी पत्रमा दुई पक्षीय सम्झौताका कागजातहरू सम्बन्धित पक्षबाट छलफलका क्रममा रहेको र उक्त कागजातहरू प्राप्त हुनासाथ प्राधिकरणमा पेस गर्ने समेत जानकारी गराएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको