Logo
17 Jan 2025    ४ माघ २०८१, शुक्रबार

ताजा खबर

प्रेम सम्बन्ध बिग्रिएपछि महिलाको चरित्रहत्या गर्ने दुईजना पक्राउ टेक तामाङको शव्द तथा प्रल्हाद लिमल्सिना र सुमिनाको स्वरमा ‘स्वर्ग झै सैलुङ’(भिडियो) कांग्रेसले मन्त्रीहरूलाई दियो ७ बुँदे निर्देशन काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने रविविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर हुँदै कथन नेपालको नयाँ गीत ‘उडायो’सार्वजनिक(भिडियो)

एनसेल प्रकरण : आजियटा विरुद्ध उच्च अदालतमा मुद्दा

Reporter

एनसेलको यसअघिको स्विडिश लगानीकर्ता टेलिया सोनेराले नेपालबाट बाहिरिने बेलामा सरकारलाई तिर्न छुट्टाएको पुँजीगत लाभकर ५३ अर्ब २० करोड रुपैयाँ बाँडेर लिएको भन्दै आजियटा र स्थानीय सञ्चालक तथा व्यवस्थापकहरूविरुद्ध उच्च अदालत पाटनमा बुधवार मुद्दा दर्ता भएको छ।

 

एनसेलको अहिलेको लगानीकर्ता आजियटा र स्थानीय साझेदार मानिएको सुनिभेरा क्यापिटल भेन्चरका सञ्चालक तथा व्यवस्थापक विरुद्ध बुधवार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो। विदेशी मुद्राको अपचलन र सम्पत्ति शुद्धिकरणविरुद्धको कार्य गरिएको भन्दै मुद्दा दर्ता गरिएको हो।

 

अन्तर्राष्ट्रिय कानुनलाई चुनौती दिँदै कर तिर्ने प्रयोजनका लागि टेलियाको खातामा जम्मा गरिएको रकम नेपालमै नल्याई एक आपसमा मिलेर सिंगापुरमानै बाँडफाँट गरिएको भन्दै गोकुलबहादुर रोकायाले उच्च अदालत पाटनमा रिट दर्ता गरेका हुन्। रिटमा आजियटा र सचितलालले गरेको यो कार्य नेपालको इतिहासमा अहिलेसम्मकै ठुलो आपराधिक भएको र यसबाट राष्ट्रिय सम्पत्ति हिनामिना भएको उल्लेख गरिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको