Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु

admin

झापामा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–७, लालझोडामा गएराति आगलागी हुँदा ३५ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका खनाल, चार वर्षीया छोरी चन्द्रा खनाल र चार महिनाको छोरो टिकाराम खनालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता एवं डीएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार उनीहरु घरभित्र सुतिरहेको बेला गएराति पौने ११ बजेतिर आगो लागेको थियो । आगलागीको जानकारी पाएलगत्तै दमकलसहित प्रहरीको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट जस्ताले छाएको दुई तले घर पनि क्षतिग्रस्त भएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको र अन्य क्षतिको एकिन विवरण संकलनको काम पनि भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

परिवारकको सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको वडा नम्बर ७ का अध्यक्ष नवीन इजमले जानकारी दिए । आगलागीमा छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल घाइते भएकी छिन् । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको जनाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको