Logo
17 Jan 2025    ४ माघ २०८१, शुक्रबार

ताजा खबर

प्रेम सम्बन्ध बिग्रिएपछि महिलाको चरित्रहत्या गर्ने दुईजना पक्राउ टेक तामाङको शव्द तथा प्रल्हाद लिमल्सिना र सुमिनाको स्वरमा ‘स्वर्ग झै सैलुङ’(भिडियो) कांग्रेसले मन्त्रीहरूलाई दियो ७ बुँदे निर्देशन काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने रविविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर हुँदै कथन नेपालको नयाँ गीत ‘उडायो’सार्वजनिक(भिडियो)

काठमाडौँमा आज यस वर्ष अहिलेसम्मकै बढी चिसो, जुम्लाको तापक्रम माइनसमा

Reporter

काठमाडौँ उपत्यकामा आज यस वर्ष अहिलेसम्मकै चिसो भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस देखिएको हो । उपत्यकाको मौसम सामान्यतया सफा रहेको छ । ‘यो यस सिजनको अहिलेसम्मकै कम तापक्रम हो’, मौसमविद् अधिकारीले भने, ‘यसअघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सबैभन्दा कम ७.४ डिग्री सेल्सियससम्म झरेको थियो, आज त्यसभन्दा पनि तल झरेको हो ।’

 

जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम– २ दशमलव ६ डिग्री र अधिकमत तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख महेश शर्माले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको