Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

चन्द्रमामा पाइला टेक्ने पहिलो मानवबारे अझै आशंका ! छानविन गर्दै रुस

admin

moon

मस्को, मंसिर १० ।
सामान्यज्ञान तथा हाजिरीजवाफमा प्रायः सोधि रहने प्रश्न होः- चन्द्रमामा पहिलो पटक पाइला टेक्ने मानिस को हुन् ?

वर्षौंदेखि जवाफ एउटै हुने गरेको छः– नील आर्मस्ट्रंग ।

सामान्यज्ञान तथा हाजिरी जवाफमा सोधिने यो प्रश्नको जवाफ परिवर्तन होला र ? रुसले थालेको अनुसन्धानप्रति चासो राख्दै धेरैको मनमा यो प्रश्न अब उब्जिन थालेको छ ।

२० जुलाई १९५९ मा त्यो इतिहास बनेको हो, जब नील आर्मस्ट्रंगसहितको टोलीले पहिलोपटक चन्द्रमाको धरातलमा पहिलो पाइला राखेका थिए । अमेरिकाको एयरोनटिकल इन्जिनियर तथा सेनाका पाइलट नील आर्मस्ट्रंगले पहिलो पटक चन्द्रमाको धरातलमा पाइला टेकेर इतिहास रचेको मानिन्छ ।

सोही मिसनको सफलताका कारण अमेरिकाले अन्तरिक्ष अध्ययन तथा अनुसन्धानको दिशामा आफूलाई अग्रणी बनाउन सफल भएको छ । वर्षौंपछि इतिहासको उक्त घटनाका बारेमा भने अनेक प्रश्न उब्जिन थालेका छन् । केही प्रश्न आज पनि अनुत्तरित छन् । तिनै प्रश्नको उत्तर खोज्ने उद्देश्यले रुसले अब नयाँ अनुसन्धान गर्ने भएको हो ।

रुसका रोस्कोसमोस अन्तरिक्ष एजेन्सीका प्रमुख दिमित्री रोगोजिनका अनुसार रुसले चन्द्रमामा एउटा अनुसन्धान टोली पठाउने भएको छ । सो टोलीले अमेरिकाले भनेझैं २० जुलाई १९५९ मा एपोलो–११ यान चन्द्रमाको धर्तीमा पुगेको थियो कि थिएन भन्नेबारे पत्ता लगाउनेछ । त्यतिबेला नील आर्मस्ट्रंग चन्द्रमाको धरातलमा पाइला टेक्न सफल भएका थिए कि थिएनन् भन्नेबारे अनुसन्धान गर्नु नै आफ्नो मिशनको मुख्य उद्देश्य रहने रोस्कोसमोसले जनाएका छन ।

कसरी हुनेछ अमेरिकी दावीको परीक्षण ?

१९५९ मा जब अमेरिकाले चन्द्रमामा मिशन पठाएको टोलीले चन्द्रमाको धरातलको केही तस्वीर ल्याएको थियो । ती तस्वीरको आधारमा रुसी टोलीले चन्द्रमाको धरातलमा पुगेर विस्तृत अनुसन्धान गर्नेछ ।

चन्द्रमामा आफ्नो वायुमण्डल नभएका कारण त्यहाँ हावा र पानी केहि छैन । त्यसैले १९५९ मा नील आर्मस्ट्रंग चन्द्रमामा पुगेकै हो भने उनले टेकेको धरातल, त्यहाँ उनले गाडेको अमेरिकी झण्डा आज पनिसुरक्षित हुनुपर्ने रुसको तर्क छ ।

त्यस अतिरिक्त उतिबेला नील आर्मस्ट्रंगले चन्द्रमाबाट ल्याएको भनिएको माटोसँग रुसी टोलीले ल्याउने माटोको समेत तुलना गरिने जनाइएको छ । जसबाट यो पत्ता लाग्नेछ कि, त्यतिबेला ल्याइएको माटो वास्तवमा चन्द्रमाको थियो कि थिएन ?

moon and flag

प्रश्न किन उठ्यो ?

अमेरिकाले चन्द्रमामा आफ्नो टोलीले पहिलो पटक अवतरण गरेको दावी गरिरहँदा हाल धेरैले प्रश्न उठाउन थालेका छन् । कतिपयले त अमेरिकाले नै कृत्रिम स्टुडियो बनाएर चन्द्रमाका रुपमा देखाएको र चन्द्रमामा आफ्नो टोली पुगेको झूटो दावी गरेको समेत बताउन थालेका छन् ।

उनीहरुका अनुसार नील आर्मस्ट्रंगले चन्द्रमामा गाडेको भनिएको झण्डाको तस्वीर नै विवादास्पद छ । वायुमण्डल विनाको चन्द्रमामा झण्डा कसरी फहराउँछ ? भन्ने उनीहरुको प्रश्न छ । तस्वीरमा नील आर्मस्ट्रंगले गाडेको झण्डा हावामा लहराईरहेको देखिन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको