काठमाडौं, मंसिर १० ।
प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच वैचारिक भिन्नता हुनु स्वाभाविक हो । तर प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा सत्ता साझेदार बनेर एउटै मन्त्रिपरिषदमा रहेर काम गरिसकेका थापाले वैचारिक मतभेदका बाबजुद प्रधानमन्त्री ओली सफल भएको हेर्ने आफ्नो चाहना रहेको जनाएका छन् ।
थापाले प्रधानमन्त्री ओलीलाई ‘मेन्सन’का साथ सोमबार ट्वीट गर्दै भनेका छन्, ‘तपाईसँग काम गर्दा तपाईको नेतृत्वमा जुन प्रभावकारिता पाएको थिएँ, आजभोलि बाहिरबाट हेर्दा तपाईलाई निरीह/प्रभावहीन देखिरहेको छु ।’
उनले निर्मला हत्याकाण्ड, सुन तस्करीलगायत सबै क्षेत्रमा उदासिनता देख्दा दुःख लागेको समेत उल्लेख गरेका छन् ।
लोकप्रिय समाचार