काठमाडौं ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा रहेका तत्कालीन तमलोपाका नेता तथा कार्यकर्ताको बैठक स्थगित भएको छ ।
राजपा नेपालको संयोजकबाट महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतोलाई नयाँ संयोजक बनेपछि सो पार्टीमा विवाद चुलिएकै बेला आन्तरिक छलफलका लागि भन्दै ठाकुर पक्षले अलग्गै बैठक बोलाएको थियो ।
राजपा नेपालका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालको विषेश सक्रियतामा बैठक बोलाइएको थियो ।
तर, उनै लालले विजुलीवजार स्थित तत्कालीन तमलोपाको कार्यालयमा विहान ११ बजे बोलाइएको बैठक स्थगित भएको भन्दै नेताहरुलाई फोन गरेर जानकारी गराएको पार्टीका एक नेताले जनाए ।
यसबारे उपाध्यक्ष लाले बृहद रुपमा छलफल गर्न लागेको तर गुटको भेला भन्दै गलत प्रचार भएकाले तत्कालका लागि बैठक स्थगित भएको प्रतिक्रिया दिए ।
लोकप्रिय समाचार