Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

एक्कैपटक १४५ वटा ह्वेल न्यूजील्यान्डमा मृत भेटिए

admin

वेलिङटन ।
न्यूजील्यान्डको एउटा सानो द्वीपको किनारामा कम्तीमा एकसय ४५ वटा ह्वेल मृत अवस्थामा फेला परेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

न्यूजील्यान्डको सानो द्वीप स्टेवार्ट आइल्यान्डमा शनिबार अपराह्न एकजना यात्री (हाइकर) ले यी मृत ह्वेलको समूह देखेका थिए ।

स्टेवार्ट आइल्यान्डका लागि संरक्षण विभागका व्यवस्थापक रेन लिप्पेनले बाँचेका ह्वेललाई अन्यत्र लैजान पनि कठिन रहेको बताए । ‘धेरै टाढा, नजिकमा कर्मचारीको अभाव तथा ह्वेलको खस्किदो अवस्थामा सहज मृत्युवरण गराउनुबाहेक अरु विकल्प थिएन ।’

उनले भने, ‘तर, यो निर्णय मुटुमाथि ढुङ्गा राखेर गर्नु परेको थियो ।’ एक साताभित्रै न्यूजील्यान्डमा ह्वेलको यो चौथो सामूहिक मृत्यु थियो । न्यूजील्यान्डका सामुद्रिक किनारामा ह्वेलहरु अलपत्र भेटिनेक्रम सामान्य झैं हो । संरक्षणकर्मीहरुका अनुसार वर्षमा औसतमा ८५ वटा घटना ह्वेलसँग जोडिएका हुन्छन् ।

आइतबार, दशवटा साना आकारका तर निकै हिंस्रक ह्वेलहरु उत्तरी आइल्यान्डमा अलपत्र भेटिएका थिए । तीमध्ये दुईवटाको मृत्यु भइसकेको छ भने बाँचेका अरुको उद्धार गर्ने प्रयत्न जारी रहेको छ ।

ह्वेलहरु र डल्फिन किन अलपत्र हुन्छन् भन्ने यथार्थ जानकारी छैन । तर, बिरामी पर्ने, बाटो बिराउने, भौगोलिक अवस्था, ठूल्ठूला छाल, अरु जनावरले गर्ने आक्रमण वा सङ्कटपूर्ण मौसमले समुद्रका यी भिमकाय जनावरको मृत्यु हुने अनुमान गरिएको छ । –एएफपी


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको