Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

अध्यक्ष पुष्पकमल दाहालसित अमेरिकी राजदूतको शिष्टाचार भेट

admin

prachanda

काठमाडौं, मंसिर ११ ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति–प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

आफ्नै निवास खुमलटारमा शिष्टाचार भेटका लागि पुगेका नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरीलाई अध्यक्ष दाहालले नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेकाले सबैको सहयोग र सद्भाव आवश्यक रहेको जनाए ।

‘जलविद्युत्, पर्यटन र कृषिमा आधारित उद्योग समृद्ध नेपालको प्राथमिक कार्यसूची रहेको छ’–दाहालले भने ।

अध्यक्ष दाहालले भर्खरै मात्र राजदूतको जिम्मेवारी पाएर नेपाल आएका राजदूत बेरीलाई भने–‘तपाइँको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझै प्रगाढ बन्ने मैले विश्वास लिएको छु ।’

उनले नेपालको शान्ति–प्रक्रिया विश्वका लागि उदाहरणीय भएको पनि जनाए ।

उनीहरुबीच भएको द्विपक्षीय भेटमा दुई देशबीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

सो अवसरमा राजदूत बेरीले मिलिनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत् नेपालको पूर्वाधारमा लगानीका लागि स्थायी सरकार बलियो आधार भएको बताउँदै देशको आर्थिक विकासका लागि अहिले उचित अवसर भएको र त्यसमा सफलता मिल्ने विश्वास व्यक्त गरे । रासस


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको