Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्थानीय सरकार छाड्दै मेयर बालेन, संघीय सत्ता लक्ष्य स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली

चीनमा शक्तिशाली भूकम्प, १०० बढीको मृत्यु

Reporter

चीनमा शक्तिशाली भूकम्प गएको छ । सोमबार राति उत्तरी चीनको गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा एक सय ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । भूकम्पमा परी २२० जना घाइते भएका छन् ।मृत्यु हुनेमा गान्सुका १०० र छिङ्हाइका ११ जना छन् । भूकम्पले गान्सु र छिङ्हाइ प्रान्तमा बढी क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प १० किलोमिटर गहिराइमा गएको जनाएको छ ।

यसैबीच, चिनियाँ राष्ट्रपति सी चीनफिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरूको उद्धार, राहत र घाइतेहरूको उपचारमा सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन् । आपतकालीन कामदारहरूले चिसो मौसमको सामना गर्दै उद्धारकार्यलाई जारी राखेको समाचारमा जनाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको