Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

अग्रहरी नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्षमा निर्वाचित

Reporter

काठमाडौं । युवा उद्यमी युवाहरुको राष्ट्रिय संगठन नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्षमा विजय हुनु भएको छ । रामग्राम जेसीजका पूर्व अध्यक्ष एवं युवा उद्यमी सन्दीप अग्रहरी नेपाल जेसीजको बर्ष २०२४ कालागि कार्यकारीणी उपाध्यक्षमा निर्वाचित हुनु भएको हो । बुटवलमा सम्पन्न नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशनबाट अग्रहरी निर्वाचित हुनु भएको रामग्राम जेसीजका पूर्व अध्यक्ष चन्द्रमणी चौधरीले जानकारी दिनु भयो ।

बुटवलमा सम्पन्न महाधिवेशनबाट बर्ष २०२४ कालागि नुवाकोट जेसीजका रविन पोख्रेलले ५१० मत सहित नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनु भएको छ भने उहाँको निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत प्राप्त गर्नु भएको हो ।

नेपाल जेसीजको विधान अनुसार एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष, १२ जना उपाध्यक्षको निर्वाचन गर्ने व्यवस्था रहेकोछ । महाधिवेशनले कार्यकारीणी उपाध्यक्षमा अनुप सुनुवार ६८१ मत, राजाराम गौतम ६७२ मत र भिमवहादुर कुँवर राजु ६७० मतका साथ विजय हुनु भएको छ । यस्तै १२ जना उपाध्यक्षहरुमा अमर घिमिरे ९६१, सौरभ श्रेष्ठ ९२४, राजन शर्मा पौडेल ८९३, सीताकुमारी भण्डारी ८८२, एलिना महर्जन ८४८, बहादुर तामाङ्ग ७७७, सपना पौडेल  भण्डारी ७७२, योगेश राजवंशी ७४४, घनश्याम चौधरी ७०९, नवराज उपाध्याय ७०९, गणेश सापकोटा ७०८, प्रमोद उप्रेती आयुस ६३९ मतका साथ विजयी हुनु भएको निर्वाचन आयुक्त नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सुरेन्द्र कुमार महतोले जानकारी दिनु भयो ।

यस्तै नेपाल जेसीजको महासचिवमा सरोज अधिकारी, कानूनी सल्लाहाकारमा नरेशचन्द्र ओझा र कोषाध्यक्षमा खेमराज थापालाई मनोनित गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको