Logo
10 Nov 2024    २५ कार्तिक २०८१, आईतवार

ताजा खबर

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान थाइल्याण्डमाथि नेपालको १०६ रनको फराकिलो जित रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति कालीकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु मानव तस्करीमा मुछिएका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा प्रदीपराज वन्त निर्विरोध

योगदानमा आधारित सामाजिक सुरक्षा, श्रमको सम्मान र श्रममा लाग्न उत्प्रेरणा : प्रधानमन्त्री ओली

admin

काठमाडौं, मंसिर ११ ।
सरकारले निजी क्षेत्रमा काम गर्ने सबै श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरणको व्यवस्थासहित ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ जारी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट वृद्धावस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम लागु गरेको हो ।

मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमले श्रमको सम्मान र श्रममा लाग्न उत्प्रेरणा दिने जनाउनुभयो ।

कार्यक्रममा श्रम मन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले श्रमप्रति सम्मानको भाव विकसित हुने जनाउनुभयो ।

उहाले बौद्धिक क्षेत्रमा काम गर्नेलाई पनि कार्यक्रमले विस्तारै समेट्दै जाने बताउनुभयो ।

श्रम मन्त्रालयले निजी क्षेत्रका कम्तीमा ३५ लाख श्रमिकको सामाजिक सुरक्षा ग्यारेन्टी गर्न कार्यक्रम लागू गरिएको जनाएको छ ।

निजी क्षेत्रले कार्यक्रमको स्वागत गर्दै कार्यान्वयनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, घरेलु तथा साना उद्योग महासंघ, ट्रेड युनियनलगायतले यसको स्वागत गर्दै पूर्णकार्यान्वयनमा समेत जोड दिएका छन् ।

सामाजिक सुरक्षा कोषबाट आजीवन पेन्सनलगायत सुविधा पाउन श्रमिक र तिनको रोजगारदाता कम्पनीले कोषमा जागिर अवधिभर निश्चित रकम योगदान गर्नुपर्नेछ । कोषमा लगभग १९ अर्ब ३३ करोड रुपैयाँ जम्मा भइसकेको छ ।

यो योजना तत्काल उद्योग/प्रतिष्ठानका कार्यरत् श्रमिकले कोषमा नियमितरुपमा तलबबाट निश्चित रकम जम्मा गरी सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुने पाउनेछन भने अनौपचारिक क्षेत्रलाई विस्तारै समेट्ने योजना सरकारको छ ।

वृद्धावस्थामा सुरक्षा योजनाअन्तर्गत् कोषमा योगदान गर्ने श्रमिकले ६० वर्ष कटेपछि निवृत्तिभरण वा एकमुष्ठ रकम बुझ्न पाउने व्यवस्था गरिएको छ । १५ वर्षसम्म निरन्तर योगदान गरेका श्रमिकले यस्तो सुविधा पाउनेछन । त्यसका लागि एउटै रोजगारदातासँग श्रम गर्नु भने पर्दैन ।

कोषमा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको १० प्रतिशत सञ्चयकोष बापत र ८.३३ प्रतिशत उपदान बापत समेत गरी जम्मा १८.३३ प्रतिशत रकम र श्रमिकले सञ्जयकोष बापत गर्ने १० प्रतिशत योगदान गरी जम्मा २८.३३ प्रतिशत रकमबाट वृद्धावस्था सुरक्षा योजना सन्चालन गरिने जनाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको