Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

मनाङको शतप्रतिशत नतिजा, सशस्त्रलाई हराउँदै पुग्यो शीर्ष स्थानमा सरस्वती भने सातौं स्थानमा

admin

manang

काठमाडौं, मंसिर ११ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत मनाङ–मर्स्याङ्दी क्लबको शतप्रतिशत नतिजा कायमै रहेको छ ।

यो सिजन उत्कृष्ट लयमा रहेको मनाङले आफ्नो चौथो खेलमा मंगलबार सशस्त्र प्रहरीको टिमलाई २–१ ले हरायो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा खेलको १९औं मिनेटमा एड्लाजा सोमाइदेको गोलबाट मनाङले सुरुवाती अग्रता लिएको थियो ।

२७औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दैै सशस्त्रका नवीन लामाले खेललाई बराबरीमा ल्याए ।

४४औं मिनेटमा अन्जन विष्टले पेनाल्टीबाटै गोल गर्दै मनाङलाई फेरी अग्रता दिलाए ।

मध्यान्तरपछि दुवैतर्फवाट थप गोल हुन नसक्दा मनाङले जितसहित महत्वपूर्ण ३ अंक बटुल्यो ।

यो जितसँगै मनाङ ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा पुगेको छ भने १० अंकको त्रिभुवन आर्मी क्लब दोस्रो तथा समान ९ अंकका थ्रीस्टार र संकटा क्लब क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।

समान ७ अंकबाट हिमालयन शेर्पा पाँचौं तथा नेपाल पुलिस क्लब छैटौं स्थानमा छन् ।

सरस्वती भने सातौं स्थानमा ।

मंगलबारै भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २–१ ले पराजित गरेको सरस्वती युथ क्लब ६ अंकसहित सातौं स्थानमा उक्लेको छ ।

एन्फा कम्प्लेक्समै भएको खेलमा सरस्वतीलाई जिताउन विनोद केसी र फ्रान्सिस ओन्यमले एक/एक गोल गरे । ब्रिगेड ब्वाइजका लागि कजिम बुसारीले एक गोल फर्काए ।

लिगमा च्यासल युथ क्लब र सशस्त्र प्रहरी समान ४ अंकबाट आठौं र नवौं स्थानमा रहेका छन् ।

३ अंकको ब्रिगेड ब्वाइज दशौं स्थानमा हुँदा २ अंकको मच्छिन्द्र क्लब एघारौं तथा १ अंकको न्यूरोट टिम (एनआरटी) बाह्रौं स्थानमा छन् । अंकविहीन जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब पुछारमा रहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको