काठमाडौं महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ । डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय समेत दिने गरेको पाइएको भन्दै महानगरले नराख्न सचेत गराएको हो । केही विद्यालयमा अनुशासन कायम राख्ने भन्दै अनुशासन इन्चार्ज (डीआई) राख्ने गरेको गुनासो आएको भन्दै त्यस्तो नगर्न निर्देशन जारी गरिएको महानगरले जनाएको छ ।
लोकप्रिय समाचार