Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा

admin

सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको छ । औपचारिक क्षेत्रमा आवद्ध श्रमिकलाई समाजिक सुरक्षा प्रदान गर्ने यस योजनाको मंगलबार राजधानिमा एक कार्यक्रमका विच घाेषणा गरिएकाे हाे ।सरकारले ‘नयाँ युग’ शूरुअात भएको भनेर यस योजनालाई प्रचारप्रसार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहका बीच योजना प्रारम्भ भएको घोषणा गरेका हुन् ।

रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् । कोषमा जम्मा हुने रकमबाट श्रमिकलाई पेन्सन र अवकास सुविधा मात्रै दिँइने छैन, कार्यस्थलमा हुने दुर्घटनाको बीमा, कामदारको उपचार खर्चसहित श्रमिकका आश्रति परिवारका लागि पनि विभिन्न सुविधा घोषणा गरेको हाे । कोषले यस्तो रकमको १ प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १.४० प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना, ०.२७ प्रतिशत आश्रति परिवार सुरक्षा योजना र २८.३३ प्रतिशत वृद्ध अवस्था सुरक्षा योजनाको लागि खर्च गर्नेछ । सरकारले कामदारको समाजिक सुरक्षाका लागि रोजगारदाता आवद्ध गर्ने प्रक्रिया थालिसकेको छ ।

यो योजनाले सबैको हितमा काम गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताए । शुभारम्भ घोषणा समारोहमा बोल्ने धेरैले यसको खुलेर प्रशंसा गरे । उद्योगी व्यवसायीहरुले पनि योजनामा समर्थन भएको घोषणा गरे ।ट्रेड युनियनका नेताहरुले पनि सरकारी यो योजनाको स्वागत गरेका छन् । धेरै पहिलेदेखि राख्दै आएको माग सरकारले पूरा गरेकोमा ट्रेड युनियनका नेताहरु खुसी छन् ।

नेपाल ट्रेडयुनियन कंगेसका पुस्कर अाचार्यले याे याेजनाले श्रमिकलार्इ फार्इदा पुग्ने बताए । श्रमिकले अाफूले समाजिक सुरक्षा पाउँछन् स्वास्थ्य विमा ,पेनशन जस्ता सुविधा पाउँछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको