Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

मङ्सिर १३ बाट १ सय ९० वटा स्टल सहित भृकुटीमंडपमा चेम्बर एक्स्पो २०१८ शुरु हुने

admin

काठमाडौं, १2 मङ्सिर- नेपाल चेम्बर अफ कर्मसले च्याम्बरको केन्द्रिय कार्यालय भवनमा मंगलवार पत्रकार सम्मेलन गरि ‘नेपाल चेम्बर एक्स्पो २०१८’ मङ्सिर १३ बाट शुरु हुने जनाएको छ । पत्रकार सम्मेलन माझमा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्यात प्रवद्र्धन तथा बैदेशिक लगानी आकर्षण गर्ने उद्देश्यका साथ चौथो इन्टरनेशनल चेम्बर मेला गर्न लागिएको बताए । १ सय ९० वटा स्टल रहने सो मेलामा अटोमोबाईल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम अप्लाएन्स लगायतका स्टल रहने आयोजकले जानकारी दिएको छ । ५ दिन सम्म चल्ने सो मेलामा ब्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सुचना आदान प्रदान तथा नेपाली उत्पादनको बजारीकरणलाई जोड दिइएको अध्यक्ष श्रेष्ठले जानकारी गराए । उनले गुणस्तरीय सामान प्रयोग गर्न प्रोत्साहित गर्ने उदेश्यका साथ मेलामा उपभोक्ता हित सम्बन्धी जनचेतना अभिबृद्धिलाई प्राथमिकता दिइने पनि बताए । त्यस्तै, निकासी अभिबृद्धिको उद्देश्य लिएको चेम्बरले प्रदर्शनी मार्फत निकासी योग्य बस्तुको प्रवर्दन गर्न ब्यापारीक समुदायलाई प्रोत्साहन गर्ने बताएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय एवं ब्यापार तथा निकासी प्रवर्दन केन्द्रको सहकार्यमा हुन लागेको सो मेलामा म्यानमार, चीन, पाकिस्तान, बङ्गलादेश, कोरिया, भारत, जापान लगायतका देशहरुको सहभागिता रहनेछ । मेला बिहीबार देखी सोमबारसम्म काठमाडौंको भृकुटी मण्डपमा हुने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको