Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

च्याम्पियन्स लिग फुटबलमा अरु चार टोली नक आउट चरणमा

admin

काठमाडौं ।
युरोपियन च्याम्पियन्स लिग फुटबलमा गए रातिका खेलहरुपछि अरु ४ टोली नक आउट चरणमा प्रवेश गरेका छन् ।

पाँचौ चरणका खेल पश्चात जर्मनीको बोरुसीया डर्टमण्ड र शाल्का, स्पेनको एथ्लेटिको मड्रिड र पोर्चुगलको एफ.सी पोर्टोले अन्तिम १६ मा आफ्नो ठाँउ पक्का गरेका छन ।

लिगका एक खेल मात्रै बाँकी छँदा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी) र इंग्लण्डको टोटनह्याम हट्सपरले पनि महत्वपूर्ण जित हासिल गरे ।

गएराती भएको खेलमा स्पेनको एथ्लेटिको मड्रिडले फ्रान्सको मोनाकोलाई २–० ले पराजित गर्दा यही समुहको अर्को खेलमा जर्मनीको बोरुसीया डर्टमण्ड र बेल्जीयमको क्लब ब्रुजले गोलरहित बराबरी खेले ।

एता समुह बि को खेलमा स्पेनको बार्सीलोनाले नेदरल्याण्ड्सको पि.एस.भि.लाई २–१ ले हराउँदा इंग्लण्डको टोटनह्याम हट्सपरले ईटालीको ईन्टर मिलानलाई १–० ले पाखा लगायो ।

यहि समुहबाट बार्सीलोना भने यसअघि नैं राउण्ड अफ सिक्सटिनमा पुगिसकेको छ । एक खेल बाँकी छँदा टोटनह्याम र ईन्टर मिलानको समान ७–७ अंक रहेको छ ।

च्याम्पियन्स लिग समुह सि मा फ्रान्सको पि.एस.जी.ले इंग्लण्डको लिभरपूललाई २–१ ले हराँउदा इटालीको नापोलीले सर्वियाको रेडस्टार बेलग्रेडलाई ३–१ ले पाखा लगायो । यो समुहमा नापोलीको ९ अंक छ भने पि.एस.जी.को ८ अंक र लिभपूलले ६ अंक जोडेको छ ।

यसैगरी समुह डि का खेलहरुमा पोर्चुगलको पोर्टोले जर्मनीको शाल्कालाई २–१ ले हराउँदा रुसको लोकोमोटिभ मस्कोले टर्कीको गालातासारेलाई २–० ले पराजित गर्यो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको