Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

च्याम्पियन्स लिग फुटबलमा अरु चार टोली नक आउट चरणमा

admin

काठमाडौं ।
युरोपियन च्याम्पियन्स लिग फुटबलमा गए रातिका खेलहरुपछि अरु ४ टोली नक आउट चरणमा प्रवेश गरेका छन् ।

पाँचौ चरणका खेल पश्चात जर्मनीको बोरुसीया डर्टमण्ड र शाल्का, स्पेनको एथ्लेटिको मड्रिड र पोर्चुगलको एफ.सी पोर्टोले अन्तिम १६ मा आफ्नो ठाँउ पक्का गरेका छन ।

लिगका एक खेल मात्रै बाँकी छँदा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी) र इंग्लण्डको टोटनह्याम हट्सपरले पनि महत्वपूर्ण जित हासिल गरे ।

गएराती भएको खेलमा स्पेनको एथ्लेटिको मड्रिडले फ्रान्सको मोनाकोलाई २–० ले पराजित गर्दा यही समुहको अर्को खेलमा जर्मनीको बोरुसीया डर्टमण्ड र बेल्जीयमको क्लब ब्रुजले गोलरहित बराबरी खेले ।

एता समुह बि को खेलमा स्पेनको बार्सीलोनाले नेदरल्याण्ड्सको पि.एस.भि.लाई २–१ ले हराउँदा इंग्लण्डको टोटनह्याम हट्सपरले ईटालीको ईन्टर मिलानलाई १–० ले पाखा लगायो ।

यहि समुहबाट बार्सीलोना भने यसअघि नैं राउण्ड अफ सिक्सटिनमा पुगिसकेको छ । एक खेल बाँकी छँदा टोटनह्याम र ईन्टर मिलानको समान ७–७ अंक रहेको छ ।

च्याम्पियन्स लिग समुह सि मा फ्रान्सको पि.एस.जी.ले इंग्लण्डको लिभरपूललाई २–१ ले हराँउदा इटालीको नापोलीले सर्वियाको रेडस्टार बेलग्रेडलाई ३–१ ले पाखा लगायो । यो समुहमा नापोलीको ९ अंक छ भने पि.एस.जी.को ८ अंक र लिभपूलले ६ अंक जोडेको छ ।

यसैगरी समुह डि का खेलहरुमा पोर्चुगलको पोर्टोले जर्मनीको शाल्कालाई २–१ ले हराउँदा रुसको लोकोमोटिभ मस्कोले टर्कीको गालातासारेलाई २–० ले पराजित गर्यो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको