Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

नेकपाको सातै प्रदेश कमिटी सदस्यको नामावली आज आउदै

admin

नेकपा को सचिवालय बैठक

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले लामो समयको कसरतपछि सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको बैठकले सातै प्रदेश कमिटीका सदस्यहरुको सदस्यसूची टुंगो लगाएको हो ।

सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको र नामावली भने आज सार्वजनिक गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए ।

बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज भने तोकिसकेको छ ।

आगामीे बैठकमा केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयनको प्रक्रिया अगाडि बढाइने पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिए । अर्काे बैठकको मिति भने तत्काल तय भएको छैन ।

यसअघि मङ्गलबार बोलाइएको बैठक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका कारण स्थगित भएको थियो ।

पार्टी एकता भएको लामो समय भए पनि अझैसम्म तल्लो तहसम्म एकता हुन सकेको छैन ।

पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आइरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको