Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

लाङटाङ घुम्ने पर्यटकको संख्यामा दोब्बरले बृद्धि

admin

langtang

रसुवा ।
लाङटाङ राष्ट्रिय निकुञ्जमा भ्रमण गर्नेहरुको संख्या गतबर्षको भन्दा दोब्बरले बृद्वि भएको लाङटाङ राष्ट्रिय निकुञ्ज स्रोतले जनाएको छ ।

निकुञ्जका अनुसार गतवर्ष कार्तिक महिनामा करिब दुई हजारको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरेकोमा यस बषर्को कार्तिक महिना सम्ममा मात्रै ४ हजार ७ सय ९८ जनाले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् ।

घुम्नका लागि काठमाडौंबाट छोटो र सजिलो पदमार्ग भएकाले बस्ती नजिकैबाट लाङटाङ ग्लासियर र हिमालको अवलोकन समेत गर्न सकिने हुँदा पर्यटकको रोजाइमा लाङटाङ पर्ने गरेको हो ।

भूकम्पले तहसनहस बनाएको पदमार्ग तथा होटलहरूको पुनर्निर्माण सम्पन्न भएसंगै पछिल्लो वर्ष लाङटाङ र गोसाइँकुण्ड क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक पनि बढदै गएका छन् ।

यस क्षेत्रमा सार्क मुलुकलगायत लाङटाङ क्षेत्र घुम्न आउने अन्य देशका पर्यटकहरूमा अस्ट्रेलिया, क्यानडा, इजरायल, फ्रान्स, जर्मन, जापान, अमेरिका, कोरिया, बेलायतलगायत २४ भन्दा बढी राष्ट्रका रहेका छन ।

कार्यालय स्रोतका अनुसार विदेशीलाई तीनहजार, सार्क राष्ट्रका पर्यटकलाई एक हजार पाँच सय क्याम्पेनिङमा आउनेलाई एक हजार पाँच सय, पर्यटकहरूसंगै आउने नेपालीलाई एक सय र भरियालाई २५ रुपैँया शुल्क लाग्ने गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको