Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

सिजन मिडियाले कलेज प्लस टू फुटसल प्रतियोगिता आयोजना गर्ने

admin

काठमाडौं, मंसिर १२ –विगत १० वर्षदेखि राजधानीमा निरन्तर रूपमा शिक्षा मनोरञ्जन तथा सामाजिक श्रेत्रमा विभिन्न सौदर्य प्रतियोगिता फेशन सोलगायतका विभिन्न कार्यक्रम गर्दै आएको सिजन मिडियाले यस वर्षदेखि काठमाडौं, ललितपुर र भक्तपुरका १० जोड दुईमा अध्ययनरत विद्यार्थीहरूलाई मध्यनजर राख्दै अन्तर  कलेज प्लस टू फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।साे प्रतियोगितामा सहभागी जनाउनका लागि कक्षा ११ वा १२ मा अध्ययनरत छात्रहरूको अाठ जनाको समूहले सिजन मिडियाको कार्यालयमा आएर आवेदन फारम भर्न सकिने व्यवस्था रहेको संस्थाका कार्यक्रम व्यवस्थापक रेजिना तुलाधरले जानकारी दिएकी छन् । उक्त प्रतियोगितामा प्लस टूमा अध्ययनरत विद्यार्थीहरूले कलेजको परिचयपत्र तथा एक प्रति पासपोर्ट सार्इजको फोटो र रु. सात हजार रुपैयाँ तिरेर यहीँ अाउँदाे पुस २० गतेसम्म आफ्नो कलेजको फुटसल टीम दर्ता गर्न सक्ने जनाएकाे छ । प्रतियोगिताको उद्घाटन पुस २३ गते हाडीगाउँस्थित धर्नाेन्तरी फुटसल मैदानमा एक हप्तासम्म सञ्चालन हुने अाज जारी गरिएकाे प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

प्रतियोगितामा ६० देखि ७५ कलेजको खेलाडीहरूको सहभागी हुनेछ भने प्रथम हुनेले रु. एक लाख नगदसहित ट्रफि,मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन् भने दोश्राे हुनेले रु. ५० हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन् भने तृतीय हुने टीमले रु. २५ हजार नगदका साथै ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यसका साथै उक्त प्रतियोगितामा बढी गोल गर्ने उत्कृष्ट खेलाडीहरू पनि रु. पाँच हजार नगद तथा सम्मान पत्र प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिएका छन् ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको