Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

राजधानीमा आजदेखि जोर बिजोर प्रणाली लागू

admin

काठमाडौँ ।
सार्क शिखर सम्मेलन र बिम्स्टेक शिखर सम्मेलनको समयमाझै काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली लागू भएको छ जस अनुरुप आज बिजोर प्रणालीका गाडीहरुमात्र चल्न पाउने छन्।

खाल्डाखुल्डि संगै सडकको दुरावस्था तथा जामका कारण सास्ती भौग्दै आएका राजधानीका यात्रुहरुले हैरानी खेप्नुपर्ने निश्चित देखिन्छ। एउटा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आइएनजिओ)को कार्यक्रमको लागि भनेर सरकारले यात्रुलाई दुःख दिने गरि जोर विजोर प्रणाली लागु गरिएकोमा सर्वसाधारणमा भने आक्रोस देखिन्छ ।

क्रिस्चीयन धर्मप्रचारक संस्था भनेर आरोप लाग्ने गरेको संस्था युनिभर्सल पिस फेडेरेसन (युपिएफ) आयोजक रहेको कार्यक्रममका लागि सरकारले यस्तो प्रणाली लागु गर्नु सरकारको लाचारीपन रहेको बताउछन ।

एशिया प्याशिफिक समिट नाम दिइएको यस कार्यक्रमका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गरेको हो। गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले आजदेखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागू गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्सिर १३ र १५ गते बिजोर र मङ्सिर १४ तथा १६ गते जोर अङ्कका सवारीसाधन सञ्चालन गर्न पाइनेछ। अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू हुने छैन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको