Logo
22 Mar 2025    ८ चैत्र २०८१, शनिबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

नाइजेरियाका गाउँमा शृंखलाबद्ध आक्रमण: कम्तीमा १६० जनाको मृत्यु

Reporter

मध्य नाइजेरियाका गाउँमा भएको शृंखलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् । बोक्कोसस्थित स्थानीय सरकारी क्षेत्रको गाँउ मुसुमा गोठाला र किसानहरूबीच भएको झडपमा १६० जनाको मृत्यु भएको छ ।

झडपमा घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई बोक्कोस, जोस लगायतका अस्पतालमा सारिएको छ । स्थानीय रेडक्रसको अस्थायी टोलीले बोक्कोस क्षेत्रका १८ गाउँमा १०४ जनाको मृत्यु भएको उल्लेख गरेको छ । संसद्का सदस्य डिक्सन चोलोमका अनुसार बार्किन लाडी क्षेत्रका थुप्रै गाउँहरूमा कम्तीमा ५० जनाको मृत्यु भएको  छ । यो घटना पठारमा गत मे महिनायताकै सबैभन्दा  हिंस्रक घटना हो । सो घटनामा किसान र गोठाला बीचको झडपमा सय भन्दा बढीको मृत्यु भएको थियो । नियमित रूपमा हुँदै आएका सशस्त्र आक्रमणले नाइजेरियाको उत्तरी र मध्य क्षेत्रमा  गम्भीर सुरक्षा खतरा बढेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको