Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

स्टेजमा नाच्दानाच्दै ५ सेकेण्डमै बालिकाको मृत्यु , क्यामेरामा रेकर्ड भयो सबै घटना

admin

मुम्बइ।
एउटा नृत्य प्रतियोगितामा जीतको उद्देश्यसहित स्टेजमा उत्रिएकी १३ वर्षकी बालिका नाच्दानाच्दै मृत्युसँग भने हार्न पुगिन । भारतीय जनता पार्टीले आयोजना गरेको उक्त प्रतियोगितामा ती बालिका चर्चित डान्सर सपना चौधरीको गीतमा नाच्नको लागि स्टेज चडेकी थिइन् । नृत्यकै क्रममा उनी अचानक स्टेजमा लढिन र उनको मृत्यु भयो । उनको मृत्यु भएको यो सबै घटना क्यामेरामा रेकर्ड भएको छ । त्यहाँ उपस्थित दर्शकले उनको नृत्यको भिडियो बनाइरहेका थिए । संयोगले उनको मृत्यु पनि भिडियोमा रेकर्ड रेकर्ड हुन पुगेको हो । अहिले भिडियो सामाजिक संजालमा जताततै भाइरल भइरहेको छ ।

भिडियोमा नृत्य गरिरहेकी बालिका एक्कासी रोकिन्छिन् । लगत्तै उनी जमिनमा ढल्छिन् । भारतीय मिडियाहरुले लेखेअनुसार सुरुमा त्यहाँ भएका दर्शकहरुले उनी बेहोस भएको सम्झेका थिए । उनलाई तत्काल अस्पताल लिएर गएकोमा डाक्टरले उनलाई मृत घोषित गरिदिए । ती बालिकाको नाम अनिशा शर्मा भएको स्रोतले जनाएको छ । उनी तेस्रो क्रमकी प्रतियोगी थिइन् । डाक्टरले उनको मृत्युको कारण तीव्र गतिको हर्ट एट्याक भएको जनाएका छन् जसका कारण उनको तत्कालै मृत्यु भयो ।

भिडियो –

https://youtu.be/_ChF3cM0eTE


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको