Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

स्टेजमा नाच्दानाच्दै ५ सेकेण्डमै बालिकाको मृत्यु , क्यामेरामा रेकर्ड भयो सबै घटना

admin

मुम्बइ।
एउटा नृत्य प्रतियोगितामा जीतको उद्देश्यसहित स्टेजमा उत्रिएकी १३ वर्षकी बालिका नाच्दानाच्दै मृत्युसँग भने हार्न पुगिन । भारतीय जनता पार्टीले आयोजना गरेको उक्त प्रतियोगितामा ती बालिका चर्चित डान्सर सपना चौधरीको गीतमा नाच्नको लागि स्टेज चडेकी थिइन् । नृत्यकै क्रममा उनी अचानक स्टेजमा लढिन र उनको मृत्यु भयो । उनको मृत्यु भएको यो सबै घटना क्यामेरामा रेकर्ड भएको छ । त्यहाँ उपस्थित दर्शकले उनको नृत्यको भिडियो बनाइरहेका थिए । संयोगले उनको मृत्यु पनि भिडियोमा रेकर्ड रेकर्ड हुन पुगेको हो । अहिले भिडियो सामाजिक संजालमा जताततै भाइरल भइरहेको छ ।

भिडियोमा नृत्य गरिरहेकी बालिका एक्कासी रोकिन्छिन् । लगत्तै उनी जमिनमा ढल्छिन् । भारतीय मिडियाहरुले लेखेअनुसार सुरुमा त्यहाँ भएका दर्शकहरुले उनी बेहोस भएको सम्झेका थिए । उनलाई तत्काल अस्पताल लिएर गएकोमा डाक्टरले उनलाई मृत घोषित गरिदिए । ती बालिकाको नाम अनिशा शर्मा भएको स्रोतले जनाएको छ । उनी तेस्रो क्रमकी प्रतियोगी थिइन् । डाक्टरले उनको मृत्युको कारण तीव्र गतिको हर्ट एट्याक भएको जनाएका छन् जसका कारण उनको तत्कालै मृत्यु भयो ।

भिडियो –

https://youtu.be/_ChF3cM0eTE


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको