Logo
14 Dec 2024    २९ मंसिर २०८१, शनिबार

ताजा खबर

राष्ट्रपति पौडेलद्वारा पाँच देशका राजदूत नियुक्त तेलुगु सुपरस्टार अल्लु अर्जुन पक्राउ काठमाडौंको तापक्रम २.५ डिग्री सेल्सियस, तराईंमा बाक्लो हुस्सु नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार पत्रकार महासङ्घको निर्वाचन आज फरार जीबी राईको राहदानी रोक्का

एसिया प्यासिफिक सम्मेलनः आङसाङ सुची र हुन सेन काठमाडौंमा

admin

काठमाडौं ।
काठमाडौंमा यही मंसिर १४ देखि १७ गतेसम्म आयोजना हुने एसिया प्यासिफिक सम्मेलनमा सहभागि हुन विभिन्न देशका प्रतिनिधिहरु नेपाल आउने क्रम सुरु भईसकेको छ ।

यसै क्रममा म्यान्मारको राज्य परिषदकी सदस्य तथा विदेशमन्त्री आङसाङ सुची काठमाडौं आइपुगेकी छिन् ।

उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

त्यसैगरी कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि काठमाडौं उत्रिएका छन् । उनलाई पनि रक्षामन्त्री पोखरेलले स्वागत गरेका थिए ।

सम्मेलनमा आउने विशिष्ठ पाहुनाको सुरक्षालाई ध्यान दिइ उच्च सुरक्षा व्यवस्था मिलाइएको जनाईएको छ ।

यता विशिष्ठ अतिथिहरुको आगमनको व्यवस्थापनका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानको नियमित तालिका प्रभावित हुने भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको