Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

जानकी मन्दिरको सौन्दर्यकरण सुरु गरियो

admin

जनकपुर ।
जनकपुरस्थित ऐतिहासिक तथा पुरातात्विक महत्वको जानकी मन्दिरको सौन्दर्यकरण सुरु गरिएको छ ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले एक समारोहबीच हिन्दु बौद्ध परम्परा अनुसार मन्दिर सौन्दर्यकरणको शुभारम्भ गरेका हुन ।

प्रदेश सरकारको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत ८ करोड १५ लाखको लागतमा मन्दिरको सौन्दर्यकरणका लागि फ्लोर, गेट तथा ढल निकासको काम गर्ने गरिनेछ ।

यस्तै मन्दिरको गर्भ गृह र प्रांगणमा ग्रेनाइट बिच्छ्याउनुको साथै मुख्य ३ वटै द्वारमा व्यवस्थित द्वार निर्माण गरिनेछ ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले मन्दिरको सुन्दरता बढाउने कार्यका लागि चाहिने आवश्यक खर्च प्रदेश सरकारले व्यहोर्ने प्रतिबद्धता जनाए ।

निर्माणको ठेक्का काठमाडौस्थित प्रेरा जेभी रन्जनलाई दिइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको