Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

रुसद्वारा युक्रेन माथि भीषण हवाई आक्रमण: ३० जनाको मृत्यु

Reporter

रुसले युक्रेनमाथि शुक्रबार गरेको भीषण हवाई आक्रमणमा परी ३० जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार ब्यारेज, विद्यालय, प्रसूतिगृह, व्यापारिक केन्द्र र आवासीय भवनमा क्षति पुगेको छ ।

रुसले युक्रेनमा १५८ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको र तीमध्ये ११४ वटा ध्वस्त भएको युक्रेनको सेनाले अनुमान गरेको छ ।वायुसेनाका प्रवक्ता युरी इग्नाटले एएफपीसँग भने, “यो क्षेप्यास्त्र प्रयोगको दृष्टिकोणबाट ‘अहिलेसम्मकै उच्च संख्या’ र एकैपटक धेरैतिर गरिएका ‘सबैभन्दा ठूलोमध्येको क्षेप्यास्त्र आक्रमण’ हो ।”

रुसले युक्रेनको हवाई प्रतिरक्षा प्रणालीलाई अधिकांश प्रमुख सहरहरूमा ध्वस्त पार्ने प्रयास गरेको छ । पछिल्लो आक्रमणमा शाहेद ड्रोनहरूलाई शृंखलाबद्ध तरिकाले प्रयोग गरिएको छ । युद्धक विमानहरू र रुस नियन्त्रित क्षेत्रबाट विभिन्न प्रकारका मिसाइलहरू प्रहार गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको