१४ मंसिर, काठमाडौं । चौतर्फी विरोधपछि जोर विजोर प्रणाली हटेको छ । विहान साढे ११ बजेबाट जोर विजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
एसिया प्यासिफिक समिटका लागि भन्दै १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली लागू गरिएको थियो । तर, पहिलो दिन नै यसको चर्को विरोध भयो । ट्राफिक प्रहरीले शुक्रबार सूचना जारी गर्दै गृह मन्त्रालयको निर्देशनमा जोरविजोर हटाइएको बताएको छ ।
लोकप्रिय समाचार