Logo
13 Jun 2025    ३१ जेष्ठ २०८२, शुक्रबार

ताजा खबर

दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान एकैदिन चार हजार २ सय रूपैयाँले बढ्यो सुन सौर्य बत्ती खरिदमा २ करोडभन्दा बढी भ्रष्टाचार इजरायलले कडा सजाय पाउनेछ : नेता खामेनी म किन बदलिने ? पत्रकार पक्राउ पुर्जीबारे काउन्सिलको ध्यानाकर्षण

इलामको माङसेबुङमा सरकारी कामकाजमा लिम्बू भाषा

admin

mansebung Ilam

इलाम, मंसिर १४ ।
इलामको माङसेबुङ गाउँपालिकाले स्थानिय लिम्बु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिइएको छ ।

माङसेबुङ गाउँपालिका–५ मा हिजोदेखि औपचारिक रुपमा लिम्बु भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्न सुरु गरिएको हो । प्रदेश सांसद धिरेन्द्र शर्मा, माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोलगायत जनप्रतिनिधि, बुद्धिजिवी, भाषिक र साँस्कृतिक अगुवा तथा वडा बासीहरुलाई साक्षी राखेर वडा अध्यक्ष नरेन्द्र राईले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रुपमा लागू गरिएको घोषणा गरे ।

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रत्यायोजन अधिकारलाई प्रयोग गरी लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रुपमा लागू गरिएको बताइएको छ ।

अंग्रेजी, किरात सिरीजंगा लिपी र देवनागरी लिपीमा लेखिएको त्रैभाषिक वडा कार्यालयको सूचना पाटी वाचन गरेर अध्यक्ष इधिङ्गोले कार्यक्रमको उद्घाटन गरे ।

वडाभित्रका सम्पूर्ण सरकारी कार्यालयहरुको बोर्ड, लेटरप्याड र वडाले निर्माण गर्ने फारमहरुमा नेपाली भाषाका साथ लिम्बू भाषा र किराँत सिरजिंगा लिपी प्रयोग हुने भएको छ । यो वडामा ६० प्रतिशत लिम्बू र ४० प्रतिशत अन्य जातजातिको बसोबास रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको