Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

इलामको माङसेबुङमा सरकारी कामकाजमा लिम्बू भाषा

admin

mansebung Ilam

इलाम, मंसिर १४ ।
इलामको माङसेबुङ गाउँपालिकाले स्थानिय लिम्बु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिइएको छ ।

माङसेबुङ गाउँपालिका–५ मा हिजोदेखि औपचारिक रुपमा लिम्बु भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्न सुरु गरिएको हो । प्रदेश सांसद धिरेन्द्र शर्मा, माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोलगायत जनप्रतिनिधि, बुद्धिजिवी, भाषिक र साँस्कृतिक अगुवा तथा वडा बासीहरुलाई साक्षी राखेर वडा अध्यक्ष नरेन्द्र राईले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रुपमा लागू गरिएको घोषणा गरे ।

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रत्यायोजन अधिकारलाई प्रयोग गरी लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रुपमा लागू गरिएको बताइएको छ ।

अंग्रेजी, किरात सिरीजंगा लिपी र देवनागरी लिपीमा लेखिएको त्रैभाषिक वडा कार्यालयको सूचना पाटी वाचन गरेर अध्यक्ष इधिङ्गोले कार्यक्रमको उद्घाटन गरे ।

वडाभित्रका सम्पूर्ण सरकारी कार्यालयहरुको बोर्ड, लेटरप्याड र वडाले निर्माण गर्ने फारमहरुमा नेपाली भाषाका साथ लिम्बू भाषा र किराँत सिरजिंगा लिपी प्रयोग हुने भएको छ । यो वडामा ६० प्रतिशत लिम्बू र ४० प्रतिशत अन्य जातजातिको बसोबास रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको