Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

आज राति आकाशमा उल्का वर्षा देखिने

Reporter

आज राति आकाशमा उल्का वर्षा देखिने भएको छ । सन् २०२४ को पहिलो उल्का वर्षा आज (बिहीबार) हुन लागेको हो । आज र भोलि रातमा अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार भूतप उल्का वर्षा स्थानीय समयअनुसार आज दिउँसोदेखि अत्यधिक मात्रामा सक्रिय हुनेछ । तर, आँखाले भने राति साढे ११ बजेदेखि भोलि बिहान घाम उदाउनु अघिसम्म नै उल्का वर्षा देख्न सकिने छ ।

अत्यधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरूले मनोरञ्जन लिन सक्नेछन् । अत्यधिक उल्का वर्षाको समयमा प्रतिघण्टा ५० देखि १२० वटासम्म उल्का वर्षा हुने अनुमान छ । ती आगोका झिल्का जस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन् ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन्, यसलाई नै उल्का वर्षा भनिन्छ ।

उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको पनि भन्ने गरिन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको