Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

ट्रम्पद्वारा रुसी समकक्षी पुटिनसँग जी-२० मा हुने प्रस्तावित वार्ता रद्द

admin

डोनाल्ड ट्र्म्प

वासिंटन, मंसिर १४ ।
युक्रेन र रुसबीच विवाद बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको प्रस्तावित वार्ता रद्द गरेका छन् ।

ट्रम्पले जी–२० सम्मेलनका क्रममा हुने तय भएको पुटिसँगको बैठक रद्द गरेको बताए । उनले रुसले नियन्त्रणमा लिएको युक्रेनको पानी जहाज फिर्ता नपठाएकाले पुटिनसँग वार्ता नहुने कुरा स्पष्ट पारे ।

गत आइतबार क्राइमिया प्रायःद्वीपमा रुसी सेनाले युक्रेनको जहाजमाथि फायरिङ गर्र्दै नियन्त्रणमा लिएको थियो ।

यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले पनि यो घटनामा रुस जिम्मेवार रहेको भन्दै रुसलाइ आरोप लगाएकी छन् । उनले जी–२०सम्मेलनमा रुसी राष्ट्रपतिसमक्ष यो कुरा राख्नेसमेत जनाइन् ।

जी–२०सम्मेलन शुक्रबार अर्जेन्टिनामा सुरु हुँदै छ । (एजेन्सी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको