Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

ट्रम्पद्वारा रुसी समकक्षी पुटिनसँग जी-२० मा हुने प्रस्तावित वार्ता रद्द

admin

डोनाल्ड ट्र्म्प

वासिंटन, मंसिर १४ ।
युक्रेन र रुसबीच विवाद बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको प्रस्तावित वार्ता रद्द गरेका छन् ।

ट्रम्पले जी–२० सम्मेलनका क्रममा हुने तय भएको पुटिसँगको बैठक रद्द गरेको बताए । उनले रुसले नियन्त्रणमा लिएको युक्रेनको पानी जहाज फिर्ता नपठाएकाले पुटिनसँग वार्ता नहुने कुरा स्पष्ट पारे ।

गत आइतबार क्राइमिया प्रायःद्वीपमा रुसी सेनाले युक्रेनको जहाजमाथि फायरिङ गर्र्दै नियन्त्रणमा लिएको थियो ।

यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले पनि यो घटनामा रुस जिम्मेवार रहेको भन्दै रुसलाइ आरोप लगाएकी छन् । उनले जी–२०सम्मेलनमा रुसी राष्ट्रपतिसमक्ष यो कुरा राख्नेसमेत जनाइन् ।

जी–२०सम्मेलन शुक्रबार अर्जेन्टिनामा सुरु हुँदै छ । (एजेन्सी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको