Logo
12 Nov 2025    २७ कार्तिक २०८२, बुधबार

ताजा खबर

भदौ २३ गते जेनजी विद्यार्थी हत्यामा तत्कालिन ओली सरकार दोषीः एमाले उपाध्यक्ष पाण्डे ‘फेस अफ जुनियर मोडल सिजन १’ को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त भारतीय कलाकार धर्मेन्द्रको निधनको खबर गलत, छोरीले भनिन् ‘अवस्था स्थिर छ’ सुन तोलामा ४ हजार ९०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो पशुपति क्षेत्र विकास संकट: कार्यकारी निर्देशक जोशी सदस्य सचिव पदको लागि विवादमा, ठेकेदार र राजनीतिक दबाब सक्रिय

हाम्रो व्यवसायमा पनि प्रतिस्पर्धा बढेको छ : राज पाण्डे

admin

नेपाली महिलाहरुमा आफ्नो सुन्दरतामा धेरै नै चासो बढेको छ । यस कारण पनि व्युटिपार्लरहरुको व्यवसाय बढेको छ भने व्युटिसियन तालिम दिने संस्था तथा कम्पनिहरु सञ्चालनमा आएका छन् । महिलाहरु तालिम लिएर आत्मनिर्भर हुने बाटोमा अग्रसर भइरहेका छन् । मिेकअफ सम्बन्धी तालिम दिने कम्पनि राज मेकअफ स्टुडियो एण्ड ट्रेनिङ इन्टिच्युट सञ्चालन गरिरहेका कम्पनिका प्रमुख कार्यकारी अधिकृत  टेकराज पाण्डेसंग मनोज थापाले गरेको कुराकानी :


राज मेकअफ स्टुडियोको मुख्य काम के होे ?
विगत ३ वर्षदेखी निरन्तर रुपमा मेकअफ सम्बन्धी तालिम तथा व्यटिपार्लर सम्बन्धी काम गर्ने गरेका छौं । मेकअफ सम्बन्धी सम्र्पुण काम यहाँ गरिन्छ । साथै फोटोसुट, म्युजिक भिडियोको लागी मेकअफ पनि गरिन्छ ।
प्रतिस्पर्धा कत्तिको छ ?
हरेक व्यवसायमा प्रतिस्पर्धा हुने नै भयो । हाम्रो व्यवसायमा पनि प्रतिस्पर्धा बढेको छ । तर हामी आफ्ना सेवाग्राहीहरुलाई सन्तुष्ट बनाउन सकेका छौं । जसको कारण व्यवसाय राम्रै चलेको छ ।
ग्राहकहरुको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
यहाँ सिक्ने प्रशिक्षाथी होस् या ग्राहक सबै हाम्रो सेवाबाट सन्तुष्ट हुुनुहुन्छ । जसको कारण नियमित आउने ग्राहकहरु धेरै हुनुहुन्छ ।
राज मेकअफ स्टुडियोमा नै सिक्न किन आउने ?
म आफै भारतबाट मेकअफको कोर्ष गरेर आएको हुँ  । यहाँ सिक्न आउने विद्यार्थीहरुले धेरै भन्दा धेरै सिकुन् भन्ने उद्देश्य राखेर हामी सिकाउछौं । आत्मनिर्भर बनाउने ढंगले विभिन्न कोषहरु सिकाइन्छ । दक्ष प्रशिक्षकबाट मेकअफ तथा व्युटिपार्लरको प्रशिक्षण दिइन्छ  ।
व्यवसायको अवस्था कस्तो छ ?
पाँच वर्ष भन्दा अहिले धेरै नै राम्रो भएको छ । अझ भोली राम्रो हुने संकेत देखेको छु । सबैलाई राम्रो भन्ने चाहना बढ्दै गएको छ । यस क्षेत्रमा सम्भावना राम्रो छ भने धेरैलाई रोजगारी दिएको छ ।
विद्यार्थीहरुको के उद्देश्य लिएर सिक्न आउँछन् ?
यहाँ सिक्न आउने विद्यार्थीको फरक–फरक उद्देश्य पाएको छु । विदेश जानका लागि, आफ्नै व्यवसाय सञ्चालनका लागि सिक्न आउनु हुन्छ भने कोहि राम्रो मेकअफ आष्र्टिट बन्नका लागि आउनु हुन्छ ।
व्यवसाय गर्दा कत्तिको चुनौति छ ?
धेरै नै चुनौतिहरु रहेका छन् । व्यवसाय गर्दा आएका समस्याहरु हल गर्दै अघि बढ्ने हो । विभिन्न अन्तराष्ट्रिय कोर्षहरु सिकेर आएर यहाँ विद्यार्थीहरुलाई सिकाइरहेको छु ।
भावि योजना के बनाउनु भएको छ ?
यही व्यवसायलाई राम्रोसंग अघि बढाउने नै हो ।
अन्त्यमा ? 
मेकअफ सम्बन्धी तालिम लिँदा राम्रो ठाउँबाट लिनु होला । जसले गर्दा भोली दक्ष भएर काम गर्न सकियोस् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको