Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

पार्टीभित्रको व्यक्तिगत स्वार्थले गुटको राजनीति मौलायो : नेकपा प्रवक्ता श्रेष्ठ

admin

विराटनगर, मंसिर १४ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र व्यक्तिगत स्वार्थले गुटको राजनीति मौलाएको स्वीकारेका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सचिवालय सदस्य समेत रहेका श्रेष्ठले व्यक्तिगत स्वार्थमा आधारित गुट र गिरोहलाई निरुत्साहित बनाउन धेरै आवश्यक रहेकोमा जोड दिए । उनले सरकारले गरेको कामको मूल्यांकन गर्ने समय भइ नसकेको भन्दै कामको समीक्षा गर्न सुझाव दिए ।

अर्को एक फरक प्रसंगमा बोल्दै नेता श्रेष्ठले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषी पक्राउ गर्न नसक्नु दुःखद भएको बताए । उनले अपराधी पत्ता लगाउन सरकारले केही नगरेकोजस्तो देखिए पनि भित्रभित्रै विस्तृत अनुसन्धान भइरहेको दाबी समेत गरे ।
घटनामा संलग्नलाई पक्राउ गरेरै छाड्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको