Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

महामन्त्रीद्वय गगन–विश्व र सहमहामन्त्री मन्सुर पाँच वर्षे निष्कासनमा, अन्य नेता जिम्मेवारीमा फर्कन आह्वान विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन

एम्नेस्टीका अध्यक्ष र महासचिव भारतीय दूतावास अगाडिबाट पक्राउ

admin

काठमाडौं, मंसिर १४ ।
एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष बिक्रम ढुकुछु र महासचिव कर्ण कुँवरलगायत मानव अधिकारवादी नेताहरूलाई आज प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार विहान काठमाडौंस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्ने क्रममा एमनेस्टीका नेतालाई प्रहरीले पक्राउ गरेको हो। अध्यक्ष ढुकुछु सहित अन्य नेतालाई प्रहरीले महानगरीय प्रहरी वृत्त लैनचैरको हिरासतमा राखेको छ।
एम्नेस्टी इन्टरनेशनल इन्डिया लगायत मानवअधिकार तथा परोपकारी सामाजिक संस्थामाथि भारत सरकारका अधिकारीले गरेको हस्तक्षपको संसारभरका एम्नेस्टीकर्मीहरूले विरोध प्रकट गरिरहेका छन्।
भारतीय सरकारी अधिकारीहरू र प्रधानमन्त्री नरेन्द्र मादीले मानवअधिकारसित सम्बन्धित कामहरू दवाउन खोजेको एम्नेस्टीले आरोप लगाएको छ। गत कात्तिक ८ मा भारतीय सुरक्षा निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेटले एम्नेस्टी इन्डियाको बैंक खाता रोक्का गरेको थियो।
बैंक खाता रोकिएपछि मानवअधिकार शिक्षासम्बन्धी सम्पुर्ण कार्य प्रभावित भएका छन्। भारत सरकारले भने अन्य अधिकारवादी संस्थाका गतिविधिमाथि पनि प्रतिबन्ध लगाउँदै आएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको