Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

एम्नेस्टीका अध्यक्ष र महासचिव भारतीय दूतावास अगाडिबाट पक्राउ

admin

काठमाडौं, मंसिर १४ ।
एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष बिक्रम ढुकुछु र महासचिव कर्ण कुँवरलगायत मानव अधिकारवादी नेताहरूलाई आज प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार विहान काठमाडौंस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्ने क्रममा एमनेस्टीका नेतालाई प्रहरीले पक्राउ गरेको हो। अध्यक्ष ढुकुछु सहित अन्य नेतालाई प्रहरीले महानगरीय प्रहरी वृत्त लैनचैरको हिरासतमा राखेको छ।
एम्नेस्टी इन्टरनेशनल इन्डिया लगायत मानवअधिकार तथा परोपकारी सामाजिक संस्थामाथि भारत सरकारका अधिकारीले गरेको हस्तक्षपको संसारभरका एम्नेस्टीकर्मीहरूले विरोध प्रकट गरिरहेका छन्।
भारतीय सरकारी अधिकारीहरू र प्रधानमन्त्री नरेन्द्र मादीले मानवअधिकारसित सम्बन्धित कामहरू दवाउन खोजेको एम्नेस्टीले आरोप लगाएको छ। गत कात्तिक ८ मा भारतीय सुरक्षा निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेटले एम्नेस्टी इन्डियाको बैंक खाता रोक्का गरेको थियो।
बैंक खाता रोकिएपछि मानवअधिकार शिक्षासम्बन्धी सम्पुर्ण कार्य प्रभावित भएका छन्। भारत सरकारले भने अन्य अधिकारवादी संस्थाका गतिविधिमाथि पनि प्रतिबन्ध लगाउँदै आएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको