Logo
15 May 2025    २ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

एक लाख किसान नयाँ दिल्लीको सडकमा उत्रिए , संसद भवन घेर्ने तयारी

admin

new delhi

नयाँ दिल्ली, मंसिर १४ ।
ऋण माफी र कृषि उपजको उचित मूल्यको माग गर्दै करिब एक लाख किसान भारतको राजधानी नयाँ दिल्लीमा भेला भएका छन् ।

बिहीबारदेखि उनीहरु भारतका विभिन्न क्षेत्रबाट दिल्लीमा आयोजित र्याली र सभामा सहभागिताका लागि आएका हुन् । उनीहरु आज संसद भवन घेराउ गर्ने तयारीमा छन् ।

अखिल भारतीय किसान संघर्ष समन्वय समितिका अनुसार किसान तथा कृषि मजदूरसँग सम्बन्धित विभिन्न २०७ संगठनको सहभागितामा कार्यक्रम आयोजना भएको हो । पञ्जाव, हरियाणा, उत्तर प्रदेश, आन्ध्र प्रदेश, गुजरात, मध्य प्रदेश, महाराष्ट्र, तमिलनाडु, पश्चिम बंगाललगायतका राज्यबाट ठूलो संख्यामा किसानहरु दिल्ली आइपुगेका छन् ।

किसानहरुको र्यालीका कारण नयाँ दिल्लीको यातायात व्यवस्था प्रभावित भएको छ ।

किसानहरु संसद भवन घेराउका लागि जाने तयारी गरिरहँदा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा तुल्याएको जनाइएको छ । दिल्लीका विभिन्न स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । (एजेन्सी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको