Logo
04 Mar 2024    २१ फाल्गुन २०८०, सोमबार

ताजा खबर

प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा फागुन २४ देखि २८ गतेसम्म चेम्बर एक्स्पो २०२४ आयोजना काठमाडौं महानगरकै क्यान्टिनमा बासी खाना, तिराइयो ५० हजार जरिवाना निताको स्वरमा ‘चुप चाप’ (भिडियो) नेपाल स्काउटको अन्तराष्ट्रिय आयुक्तमा देवराज घिमिरे दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

काठमाडौं महानगरपालिकाले ६ महिना उठायो ४ अर्ब ९० करोड राजस्व

Reporter

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिना अवधिमा रू चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू चार अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको थियो । अघिल्लो आव र चालु आवको सोही अवधिको तुलना गर्दा यसवर्ष रू ३५ करोडले बढी राजस्व असुल भएको कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी बहाल करमा रू एक अर्ब ३५ करोड ६३ लाख ३० हजार राजस्व असुल भएको छ ।

त्यस्तै, सम्पत्ति करमा रू ६७ करोड १७ लाख २० हजार असुल गरेको हो । विभागका अनुसार पछिल्लो समय करदाताको सङ्ख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो । कामपाले चालु आवका लागि करिब रू १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको छ । गत आवमा भने रू नौ अर्ब आठ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको