Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

महिला साफ च्याम्पियनसिप फागुनको अन्तिम साताबाट विराटनगरमा

admin

anfa complex

विराटनगर, मंसिर १४ ।
महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पाँचौ संस्करण यही फागुन अन्तिम साताबाट विराटनगरमा हुने तय भएको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रेस विज्ञप्ति निकाल्दै फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा साफ च्याम्पियनसिप फुटबल आयोजना गर्ने बताएको छ ।

विराटनगरस्थित शहिद रंगशालामा प्रतियोगिता हुने यसअघि नै निर्णय भईसके पनि मिति भने तोकिएको थिएन । ओमानको मस्कटमा भएको साफ राष्ट्रको भेलाले प्रतियोगिताको मिति तय गरेको एन्फाले जनाएको छ ।

महिला साफमा नेपालसहित, भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । यसअघि महिला साफ श्रीलंकामा हुने तय भए पनि श्रीलंकाले अन्तिम समयमा प्रतियोगिता आयोजना गर्न नसक्ने जनाएपछि नेपालले यो अवसर पाएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको