Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित पक्राउ परेकालाई रिहा नगरे सबै बैंकरले पेन डाउन गर्ने खुल्यो कुलेखानी–फाखेल सडक ६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा

भारतमा मन्दिरा खड्का ‘हायु’लाई उत्कृष्ट कस्मेटोलोजीको अवार्ड

Reporter

नयां दिल्ली । भारतको नोयडामा आयोजित एक भव्य समारोहका वीच नेपालकी सिनियर कस्मेटोलोजीष्ट तथा सौन्दर्यविद मन्दिरा खड्का ‘हायु’लाई उत्कृष्ट कस्मेटोलोजीको अवार्ड प्रदान गरिएको छ । भारतको लोकप्रिय पत्रिका कुमाउ केसरीले आयोजना गरेको  आइकन अवार्ड–२०२४ मा नेपाल तथा भारतमा रहेर समाजमा आ आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु¥याउने चर्चित व्यक्तित्वहरुलाई सम्मान गरिने यस समारोहमा सौन्दर्यविद समेत रहेकी मन्दिरा यो पटक नेपालबाट उक्त अवार्डका लागि मनोनयनमा परेकी थिईन ।

कार्यक्रममा उनलाई भारतका प्रसिद्ध चलचित्र अभिनेत्री पुनम झावर, चलचित्र अभिनेता वरुण सुरी र अन्तर्राष्ट्रिय आयुर्वेदाचार्य प्रकाश जी टाटाले उक्त अवार्ड तथा सम्मान प्रदान गरेका थिए । सौन्दर्य क्षेत्रमा नेपालबाट उक्त अवार्ड जित्ने एकमात्र नेपाली सौन्दर्यकर्मी हुन भने उनलाई भारतका अन्य विभिन्न प्रतिष्ठित संघ संस्थाहरुले समेत सम्मान प्रदान गरेका थिए ।

चर्चित अभिनेत्री पूनम झवर, अन्तर्राष्ट्रिय आयुर्वेदाचार्य प्रकाश जी टाटा, चलचित्र अभिनेता वरुण सुरी, अभिनेत्री दिव्या मलिक, निर्माता ऋचा गुप्ता, आयोजक प्रदीप फुटेला, टिभी अभिनेत्री निधि सिंह, मोडल सलोनी जोशी, परवीन खान, काजल कौशल, मोनिका कण्डपाल, लगायत भारतका प्रसिद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा भारतका प्रमुख व्यक्तित्वहरु सहित नेपालका वरिष्ठ पत्रकार राज लुइटेल र ईभेन्ट डाईरेक्टर सोनितराज ढुङ्गलले संयुक्त रुपमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

खड्का लामो समयदेखि सौन्दर्यविद तथा कस्मेटोलोजीष्टको रुपमा परिचित छिन । उनले सिटिभिटीबाट ट्रेनिङ्ग अफ ट्रेनर समेत लिएकी छिन ।

थुप्रै संघ संस्थाबाट सम्मानित भैसकेकी खडकाले नेपालमा हुने विशेष ईभेन्टहरुको समेत मेकअपको जिम्मेवारी वहन गर्दै आईरहेकी छिन ।

भक्तपुरको कौशलटारमा रहेको जिएम व्युटि सलुन विथ कस्मेटिकको संचालक समेत रहेकी गुणस्तरीय एवं उत्कृष्ट सौन्दर्यकर्मीको रुपमा परिचित छिन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको